टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु अब ईटहरीमा
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने ५ वटा नयाँ गाडीहरु पुर्वाञ्चलको ईटहरीमा सार्वजनिक गरेको छ ।
नाडा पुर्वाञ्चलका अध्यक्ष सुवास आचार्यद्धारा समुद्घाटन गरी सार्वजनिक गरेको छ । यी गाडीहरु- टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ बिएस सिक्स प्रविधिले सम्पन्न छन् । यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ ।
यीनीहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेजअनुसार तयार पारिएकोे छ । बदलिँदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको छ ।
नयाँ टियागो: १२०० सीसी इन्जिन क्षमताको नयाँ टियागोको बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेँलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।
नयाँ टिगोर: १२०० सिसि इन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।
नयाँ नेक्सन: १२०० सिसि ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।
नयाँ अलट्रोज
१२०० सिसि इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्यापमार्फत् प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।
नयाँ एच फाईभ
२००० सीसी ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।