नेप्सेको कारण १ खर्ब १८ अर्बको सम्पत्ति शुन्यमा झर्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गरेको गल्तीको कारण १ खर्ब १८ अर्बको सम्पत्ति शुन्यमा झरेको छ ।

गत सातादेखि सेयर बजारमा सूचिकृत भएको नेपाल इन्फ्रास्ट्रक्चर  बैंकको सेयर मूल्य शतप्रतिशत ५९४ रुपैयाँले घटेको देखाएको छ ।

जसको कारण लगानीकर्ताको सम्पत्ति शुन्यमा झरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर  बैंकको सेयर मूल्य शतप्रतिशत घट्दा यसको बजार पूँजीकरण १ खर्ब १८ अर्ब अर्ब रुपैयाँ शुन्यमा झर्न पुग्यो ।

नेप्सेले आधिकारिक रुपमा यसको जानकारी दिएको छैन । नेप्सेको गल्तीले गर्दा परिसूचक समेत २५ सय अंकमा आएको छ । जसले गर्दा नेप्सेको तथ्यांकमा गम्भिर विश्वसनियताको प्रश्न उठेको छ ।

नेप्से परिसूचक र बजार पूँजीकरणको तथ्यांक सही नभएको कुरा देखिएको छ । लगानीकर्ताको सम्पत्ति माथि नेप्सेले गरेको पहिलो पटकको गल्ती होइन ।

#नेप्सेले निफ्राको सेयर कारोबार नै अहिले रोक्का राकेको छ । प्राविधिक समस्या आएको कारण नेप्सेले बुधबारको लागि निफ्राको मात्र सेयर कारोबार नहुँने जनाएको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक समस्याको कारण निफ्राको सेयर मूल्य शुन्य देखियो र अहिले यसलाई पत्ता लगाउने काम भएको जानकारी दिए ।


क्लिकमान्डु