प्राथमिकताप्राप्त क्षेत्रमा २० प्रतिशत लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने



काठमाडौं । तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीले अन्य क्षेत्रमा लगानी गर्न नपाउने भएका छन् । बीमा समितिले लगानी निर्देशिका अनुसार कम्पनीहरुले लगानी नगरेको ठहर गरी सो निर्णय गरेको हो ।

लगानी निर्देशिका अनुसार कम्पनीहरुले कृषि, पुर्वाधार, पर्यटन लगायत प्राथमिकता प्राप्त क्षेत्रमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी गर्नु पर्ने प्रावधान छ । सो अनुसार अधिकांश बीमा कम्पनीहरुले लगानी नगरी व्यवसायिक फाइदामात्र हेरेर लगानी गरेको बीमा समितिका अध्यक्ष सुर्यप्रसाद शिलवालले बताए ।

‘बैंकहरुको मुद्दतिमा, सेयर, ऋणपत्र, म्युचअल फण्डमा मात्र लगानी गरको पाइयो,’ अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘अब लगानी निर्देशिकामा तोकिएअनुसार कृषि, पर्यटन, पुर्वाधार र जलस्रोतमा १० प्रतिशत लगानी कम्पनीहरुले अनिर्वाय गर्नै पर्छ ।’

कृषि, पर्यटन, पुर्वाधार र जलस्रोतमा टेक्निकल रिजर्भको १० प्रतिशत लगानी नगर्ने कम्पनीलाई अन्य क्षेत्रमा लगानी गर्न अनुमति समितिले नदिने उनले जानकारी दिए ।

‘यी क्षेत्रमा गरिएको लगानीको प्रतिफल आउन धेरै समय कुर्नुपर्ने हुँदा कम्पनीहरुले छिटो रिर्टन आउने क्षेत्रममात्र कम्पनीहरुले लगानी गरेको देदिएको छ’ उनले थपे, ‘लगानीको दायरा बढाइदिनु पर्यो भनेर अग्राह गरेपछि तोकिएको क्षेत्रमा पनि लगानी तोकिएअनुसार नै गर्नु पर्छ, फाइदा हुने ठाँउमा मात्र लगानी गर्न मिल्दैन ।’

तोकिएको क्षेत्रमा दायरामा लगानी गरेपछि अन्य क्षेत्रमा धेरै लगानी गरेपनि समितिले स्वीकृति दिने उनको भनाई छ ।

समितिले ‘बीमकको लगानी निर्देशीका, २०७५’ जारी गर्दै कम्पनीहरुले कूल टेक्निकल रिजर्भको २० प्रतिशत लगानी कृषि पर्यटन र जलस्रोत लगायत पुर्वाधारमा गर्नु पर्ने व्यवस्था गरेको छ । जसमा लगानीको लागि आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा बढी रकम एउटै परियोजना गर्न नपाइने निर्देशन समितिको छ ।

लगानी निर्देशिका अनुसार ५ प्रतिशत नेपाल सरकार वा राष्ट्र बैंकको वचतप वा ऋणपत्रमा, ४० प्रतिशत वाणिज्य बैंकको मुद्दति निक्षेपमा, विकास बैंकको मुद्दतिमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशत, ५ प्रतिशत घरजग्गा ब्यवसायमा र १० प्रतिशत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउछन् ।

साथै, २० प्रतिशत ऋणपत्रमा, नागरी कलगानी कोष तथा म्युचुअल फण्डमा ५ प्रतिशत र बैंक तथा वित्त कम्पनीको साधारण सेयरमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।


पुष्प दुलाल