कोरोना कहरः बैंकको ऋण तिर्न नसकेर १० प्रतिशत सुनचाँदी व्यवसायी पलायन



काठमाण्डौं । पछिल्लो समय बैंक तथा वित्त कम्पनीले निकाल्ने कर्जा तिर्ने भाकासहितको धितो लिमामीको सुचानामा अधिकांश सुनचाँदी व्यवसायीको नाम देखिन्छ । कारण हो राष्ट्र बैंकले दिएको कोभिड प्रभावितले पाउने सहुलियतको सुचीमा यी व्यवसायी नपर्नू ।

कोभिड प्रभावित व्यवसायीले पाउने सहुलियको प्राथमिकतामा नपर्दा कर्जाको साँवा–ब्याज भुक्तानी गर्न नसकी यसबीच १० प्रतिशत व्यवसायी पलायन भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यको भनाइ छ ।
कोभिड-१९ प्रभावित क्षेत्रलाई राष्ट्र बैंकले अतिमध्यम, मध्यम र न्यून गरी ३ भागमा वर्गिकरण गरेको थियो । जसअनुसार बैंक तथा वित्त कम्पनीलाई कोभिड प्रभावित ऋणीको कर्जाको पुनरसंरचना गर्ने समय पुस मसान्तसम्म दिएको दिएको थियो ।

राष्ट्र बैंकले दिएको निर्देशन प्रभावितको क्षेत्रको आधारमा व्यवसायी ऋणीले बैंकमा पेश गरेको व्यवसायीक योजनालाई मूल्यांकन गरी कुल बक्यौता रहेको ब्याजमा १० प्रतिशत भुक्तानी लिएर कर्जाको पुनरसंरचना गरेका छन् ।

तर यसरी बैंक तथा वित्त कम्पनीले पुस मसान्तसम्म गराएको कर्जाको पुनरसंचनामा सुन चाँदी व्यवसायी नपरेको बैंकर र व्यवसायीहरु बताउँछन् ।

जसकारण पछिल्लो समय बैंक तथा वित्त कम्पनीले प्रायजसो साना तथा मझौता सुनचाँदी व्यवसायीलाई कर्जा नतिरेको भन्दै धितो लिलामी तिव्ररुपमा गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रन्त शाक्यले बताए ।

‘लक डाउनको ४ महिनामा सुनचाँदी व्यवसाय पुर्ण रुपमा बन्द भए, उनले क्लिकमाण्डूसँग भने, ‘बैंकबाट कर्जा लिएर चलेका कतिपय व्यवसायीले सोही कारण अहिलेसम्म पनि साँवा ब्याज भुक्तानी गर्न सकिरहेका छैनन् ।’

राष्ट्र बैंकले दिने कोभिड प्रभावित सहुलियत व्यवसायीले नपाउँदा अहिले दैनिक प्रत्रपत्रिकामा बैंकहरुले व्यवसायीलाई कर्जा असूलीको सुचना निकालेको उनले बताए ।

राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रको वर्गिकरण गरी ती क्षेत्रको व्यवसायी ऋणीलाई दिनु पर्ने सहुलियत निर्धारण गत साउनमा नै गरेर थियो भने आवश्यकता अनुसार ऋणीलाई तोकिएको सहुलियत दिन निर्देशन दिएको थियो ।

बैंकहरुले प्रभावित मुल्यांकन गरी ऋणीको आग्रहमा तोकिएको सहुलिय नदिएको भएको केन्द्रीय बैंकको गुनासो शाखामा गुनासो गर्न राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले आग्रह गरेका छन् ।

‘पुस मसान्तसम्म पनि कोभिड प्रभावित सबै ऋणीले सहुलियत नपाएको गुनासो आएको कारणले त्यसको समय बढाएर ०७८ असार मसान्तसम्म पुर्यायएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘यदि कोही प्रभावित क्षेत्रका ऋणीले उचित व्यवसायीक योजना पेश गर्दा पनि बैंकले तोकिएको सहुलियत नदिएको भएमा राष्ट्र बैंकले त्यस्तो समस्याको समाधान गर्छ ।’

तर कोभिड प्रभावित ऋणीको व्यवसायीक योजनाको मुल्यांकनको आधारमा कर्जाको पुनरसंरचना गर्ने अधिकार बैंकलाई नै भएको कारण राष्ट्र बैंकले ऋणी तोकेर सहुतियत दिउ भनेर निर्देशन दिन नमिल्न उनको भनाइ छ ।

राष्ट्र बैंकले कोभिड प्रभावितलाई क्षेत्रको वर्गिकरण गर्दा सुनचाँदी व्यवसायीलाई न्यून प्रभावित क्षेत्रमा राखेको छ । जसकारण बैंकहरुले समेत सुनचाँदी व्यवसायीको कर्जा पुनरसंरचना गर्न आवश्यक नठानेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘बैंकहरुले कोभिड-१९ ले अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई प्राथमिकतामा राखेर ऋणीको आग्रहमा पुस मसान्तमा पुनरसंरचना गरेका छन्,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘पहिलो प्राथमिकतामा अति र मध्यम प्रभावित परेको हुँदा न्यून प्रभावित क्षेत्रका ऋणी व्यवसायी सहुलियत उपयोग गर्न योग्न नभएका हुन सक्छन् ।’

तर यसबीचमा सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले तोकेको सहुलियत पाउनकाका लागि बैंकहरुमा व्यवसायीक योजना सहित आग्रह नै नगरेको उनले जानकारी दिए ।

‘मेरो जानकारीमा भएसम्म बैंकमा सुनचाँदी व्यवसायीहरुले कर्जाको पुनसंरचना गर्नु पर्यो भनेर आग्रह गर्नु भएजस्ता लाग्दैन,’ उनले थपे, ‘सुनचाँदी व्यवसायीको आम्दानी मात्र केही घटेको हो तर व्यवसाय भने राम्रै छ सोही कारणले पनि यस्तो प्रकारको सहुलियत उपयोग गर्नका लागि तोकिएको मापदण्डमा उहाँहरुल पर्नु हुन्छ जस्ता लाग्दैन ।’

राष्ट्र बैंकले तोकेको सहुलियत दिने समय अझै थपिएको हुँदा साच्चै कोभिडले प्रभावित भएर समस्यामा परेका सुनचाँदी व्यवसायीले उचित व्यवसायी योजना पेश गरेमा बैंकले आवश्यकताअनुसार कर्जाको पुनरसंरचना गर्ने उनले विश्वास दिलाए ।

यस प्रकारको सहुलियतको बारेमा अधिकांश व्यवसायीलाई थाहा नहुँदा बैंकहरुमा कर्जाको पुनरसंरचनाको लागि आग्रह नगरेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष शाक्यले बताए ।

‘सहरी भेगका भन्दा ग्रामिण भेगका स-साना व्यवसायीहरु बैंको धितोलिलामीको सुचनामा सुचीकृत भएका हुन्छन्,’ उनले भने, ‘ती व्यवसायीलाई बैंकले सहुलिष्त दिन्छ भनेर समेत थाहा थिएन, सोही कारण अहिलेसम्म सहुलियत दिलाइदिनु पर्यो भनेर संघमा गुनासो समेत तरेका छैनन् ।’

पछिल्लो समय बैंकले प्रायःजसो सुनचाँदी व्यवसायी ऋणीलाई धितो लिलामीको प्रक्रियामा लगेका उनको भनाइ छ ।

‘संघमा व्यवसायीहरुको गुनासो नआएपनि संघको तर्फबाट राष्ट्र बैंकलाई यस्तो सहुलियतमा समावेश गर्ने आग्रह सहितको गुनासो गर्ने तयारी गरेका छौँ,’ अध्यक्ष शाक्यले थपे, ‘अहिलेसम्म कोभिड प्रभावकै कारणले गर्दा संघमा आवद्ध १० प्रतिशत व्यवसायी पलायन भइसकेका छन्, अब पुनः बैंकले धितो लिलामी गरेर व्यवसाय पलायन बनाउने भय संघमा छ ।’

न्यून प्रभावितको वर्गमा सुनचाँदी व्यवसाय भएपनि ऋणीको आम्दानीको अवस्था मुल्यांकन गरी कर्जाको पुनरसंरचनाको सिफारिस गर्न राष्ट्र बैंकसँग आग्रह गर्ने उनले जानकारी दिए ।

हाल मुलुकभर ३० हजार जनाभन्दा बढी सुनचाँदी व्यवसायी छन् । भने सुनचाँदी व्यवसायी महासंघमा नै १० हजार बढी व्यवसायी आवद्ध छन् । जसको १० प्रतिशत व्यवसायी मसिर मसान्तसम्म बैंकको कर्जा तिर्न नसकेर र व्यवसाय सञ्चालन गर्न आर्थिक संकट भएर पलायन भएको उनले जानकारी दिए ।


पुष्प दुलाल