शाइन रेसुंगा डेभलपमेण्ट बैंकको क्यूआर कोड स्क्यान सेवा शुरु



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले क्यूआर कोड स्क्यान सेवा शुरुवात गरेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुँयालले भैरहवामा नेपाल ई–रिक्सा संघमा आवद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रममा ई–रिक्साको भाडा क्यूआर कोडबाट भुक्तानी गरी शुभारम्भ गरे ।

फुँयालले आर्थिक कारोबारलाई सहज, सरल र सविधायुक्त बनाई डिजिटल बैंकिङ्गको माध्यमबाट हरेक क्षेत्रलाई डिजिटलमैत्री बनाउनु पर्ने बताए ।

ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले डिजिटल कारोबारले आफूहरु उत्साही भएकोब ताए । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश न्यौपानेको समेत उपस्थिति थियो ।

त्यस्तै, डिजिटल बैंकिङ्गको अवधारण अनुरुप शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सालझण्डी शाखाले ई–रिक्सा, फलफुल तथा तरकारी पसलहरुलाई क्यूआर कोड वितरणको कार्यक्रम गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले अबको बैकिङ्ग डिजिटलाईजेसनतर्पm अग्रसर भइरहेको र यसले व्यक्तिको दैनिकीलाई सहज बनाउने हुँदा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले डिजिटल सेवाहरु निरन्तर विस्तार गर्दै ग्राहकमैत्री सेवाहरु ल्याई समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु