महेन्द्रनगर विमानस्थल सञ्चालन सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तीन वटै तहका सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सोमबार सुदुरपश्चिम प्रदेश सरकार, नेपाल नागरिक उड्ययन प्राधिकरण, भिमदत्तनगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच हस्ताक्षर भएको हो ।
संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालयमा भएको सम्झौतामा विमानस्थल निर्माणकालागि आवश्यक पूर्वाधार निर्माण गरी उक्तविमानस्थललाई आधुनिकस्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने उल्लेख गरिएको छ ।
विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधिग्रहण गर्नका लागि संघ सरकारले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमाउपलब्ध गराउने जनाइएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले विमानस्थल चलाउनको निम्ती सबै एकैठाउँमा आइपुगेका कारण सम्झौता गर्ने परिस्थिति बनेको बताए ।
सम्झौतापत्रका अनुसार भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावनमार्गको लम्बाई कम्तीमा १६ सय मिटरसम्मबिस्तार गरिनेछ ।