महिला लघुवित्तको आइपीओमा हालसम्म साढे ९ लाखबढीको आवेदन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा हालसम्म साढे ९ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
कम्पनीले शुक्रबारदेखि निष्कासन गरेको आइपीओमा ९ लाख ६३ हजार ८६८ जनाले १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ३५ हजार ९७० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ताका आवेदन आह्वान गरेको थियो ।
कम्पनीले ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सेयर म्यूचुअल फण्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गरेको हो ।