अब मोवाइलबाटै रेमिट्यान्स पठाउन पाइने, माछापुच्छ्रे बैंकले शुरु गर्यो वालेट रेमिट्याप



काठमाडौं । नेपालका बैंकिङ क्षेत्रमा पहिलो पटक माछापुच्छ्रे बैंकले डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारदेखि डिजिटल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको हो ।

डिजिटल प्रविधिलाई ग्रामिण भेगसम्म पुर्याउन बैंकले सार्वजनिक गरेको डिजिटल वालेट कोसेढुङ्गा सावित हुने विश्वास बैंकका अध्यक्ष बिरेन्द प्रसाद महतोको छ । साथै नेपालीको बैंकिङ पहुँचसमेत बढाउन मद्दत पुग्ने उनको भनाइ छ ।

बैंकको रेमिटट्याप एपको प्रयोगबाट ग्राहकले नेपालका साथै, विश्वका जुनसुकै देशबाट नेपाल रेमिट्यान्स पठाउन सक्नेछन् । एपको प्रयोग गरी ग्राहकले भर्चुअल रेमिकार्ड बनाउन सक्ने र सोको प्रयाग गरी विभिन्न विल भुक्तानीका साथै, मर्चेटहरुमा समेत सेयर गर्न सकिने बैंकले जानकारी दिएको छ ।

विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ खोजर अनुसन्धान गर्दै नयाँ सेवा सुविधाहरु भित्र्याउने क्रममा रेमिट एप सार्वजनिक गरिएको र सो एमको मद्दतले डिजिटल कारोबारलाई अर्को तहमा पुर्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइरालाले बताए ।

‘विषेशगरी विदेशबाट पैसा पठाउन र पाउन यो वालेट उपयोगी हुनेछ भने डोमेस्टिक रेमिट्लाई यसले अझ सहज बनाउने छ,’ उनले भने, ‘रेमिट एपबाट पठाइएका रेमिट्यान्स देश भरी रहेका ७ हजारभन्दा बढी रेमिट एजेन्टबाट ग्राहकले तुरुन्तै नगद भुक्तानी लिन सक्नेछन् ।’

भर्चुअल कार्डको प्रयोग गरी भुक्तनी गर्ने, रेमिट पठाउनको साथै साथीलाई रेमिकार्ड गिफ्टसमेत पठाउन सक्ने नयाँ फिचरहरु सो एपमा रहेको उनले जानकारी दिए ।

बैंकले यसअघि पनि धेरै डिजिटल बैंकिङ प्रविधिको प्रयोग सञ्चालनमा ल्याइसकेको र भविष्य अझै विभिन्न डिजिटल प्रविधि भित्र्याएर स्मार्ट बैंकको रुपमा पहिचान बनाउने सीइओ कोइरालाले बताए ।

यसमा भएको टेक्नोलोजीका कारण र नेपाली भाषामा समेत दभएकाले एप प्रयोग गर्न ग्राहकलाई अत्यन्तै सहज सरल र सुरक्षित रहेको बैंकका चिफ अफ लाइब्रेटी सुनिल खतिवडाले बताए ।

ग्राहकले बैंकको रेमिट्याप एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्ने सक्नेछन् । उक्त एप डाउनलोड गर्ने बैंकका ग्राहक लगायत अन्य बैंकका एक हजार जनासम्मले १०० सय रुपैयाँ ब्यालेस पाउने बताइएको छ ।

रेमिट्याप एप कसरी प्रयोग गर्ने ?

प्रयोगकर्ताले रेमिट एप डाउनलोड गरिसकेपटि रजिस्टर गर्नु पर्ने हुन्छ । त्यसकालागि आफ्नो मोबाइलको रेमिट एप खोली साइन अप गर्ने । जसमा आफ्नो मोबाइल नम्बर राखेर कन्टिन्यू वटन थिच्नु पर्ने हुन्छ ।

अब तपाइको मोबाइल प्राप्त ओटिपी कोर्ड प्रयोग गरी मोबाइन नम्बर भेरीफाइड गर्नु पर्ने हुन्छ । सो ओटिपी कोर्ड अरु कोहीसँग पनि सेयर नगर्ने सुझाव बैंकको छ ।

मोबाइल नम्बर भेरिफाइड भइसकेपछि एपमा प्रयोगकर्ताले व्यक्तिगत विवरण भर्नुका साथै तोकिएको मापदण्ढ अनुसार पासवार्ड राख्नुपर्ने हुन्छ ।

यसपछि बैंक रेमिट एपमा प्रयोगकर्ताले केवाइसी विवरण भर्नु पर्ने हुन्छ । साथै आफ्नो पहिचान खुल्ने कागजात नागरिकता, प्यानकार्ड, पासपोर्ड, लाइसेन्स वा मतदाता परिचयपत्र मध्ये कुनै एक चयन गरी सो कागजातमा भएको विवरण एपमा भर्नु पर्ने हुन्छ ।

यसपछि एपमा भिडियो केवाइसीको लागि एपमा भरेको परिचयपत्रको समातेर सानो भिडियो रेकर्ड गरेर अपलोड गर्नु पर्ने हुन्छ । यसपछि बैंकले प्रयोगकर्ताको केवाइसी विवरण भेरिफाइ गरी मोवाइलमा एसएमएस पठाउँछ ।

यसपछि भने ग्राहक पुर्णरुपमा बैंकको रेमिट एपको प्रयोगकर्ता बन्नेछन् । प्रयोगकर्ताले एपमा समावेस गरिएको अनुसारका सेवा प्रयोग गर्न सक्नेछन् ।


पुष्प दुलाल