माछापुछ्रे र सनराइज बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । माछापुछ्रे र सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

माछापुछ्रे बैंकलें बचततर्फ न्यूनतम २ देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ । बैंकले विभिन्न १४ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । त्यसैगरी मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि न्यूनतम ६.६० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले रिक्युरिङ निक्षेपमा ६ महिनादेखि ५ वर्षसम्मको अवधिका लागि ७ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले कर्जातर्फ होम लोन, अटो लोन, कमर्सियल भेहिकल लोन, मोर्टेज लोन, मोर्टेज प्लस लोन, स्यालरी प्याकेज लोन, एमबीएल प्रोफेसनल लोन, प्रिभिलेज लोन, एजुकेशन लोनमा बेसरेटमा थप अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी बैंकले ओभरड्राफ्ट, डिमान्ड लोन, सर्ट डिमान्ड लोन, ट्रस्ट रिसिप्ट लोन, प्लेज्ड लोन, प्याकिङ क्रेडिट लोनमा पनि बेसरेटमा थप अधिकतम ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले स्थिर ब्याजतर्फ होम लोनका लागि ५ वर्षसम्मका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.८९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ भने अटोलोनतर्फ ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

फागुन महिनाका लागि सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले १७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले २ प्रतिशतदेखि ३.६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपतर्फ ६.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी कर्जातर्फ बैंकले डिमान्ड लोन, रियल स्टेट लोन, एक्सपोर्ट फाइनान्स लोन, ओभरड्राफ्ट लोन, टर्म लोन, प्लेज्ड लोन, इम्पोटर्स लोन, एचपी कन्जुमर लोन, सनराइज घर कर्जा, सनराइज एजुकेशन लोन, सराइज सजिलो कर्जा, सनराइज सिग्नेचर लोन, सनराइज गोल्ड लोन र सनराइज कृषि कर्जामा बेसरेटमा थप अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी स्थिर ब्याजदरतर्फ होम लोनमा १०.५ प्रतिशतदेखि ११.५ प्रतिशतसम्म, एजुकेशन लोनतर्फ ११ प्रतिशतदेखि १२ प्रतिशतसम्म, सनराइज सजिलो कर्जातर्फ १०.७५ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकको आधारदर ७.२९ प्रतिशत छ । त्यसैगरी स्प्रेड रेट ४.१० प्रतिशत छ ।


क्लिकमान्डु