आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मा झक्कप्रसाद आचार्यलाई



काठमाडौं ।  अर्थमन्त्रालयले सहसचिव झक्कप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ ।

मन्त्रालयमा सहसचिव रहेका आचार्यलाई अर्थमन्त्रालय अन्तर्गत ठूलो निकाय आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएको हो । यसअघि मैनालीलाई महानिर्देशक बनाएको भन्दै अर्थमन्त्रालयले सचिवालयले सूचना दिएको थियो । तर,पत्र भने मैनालीलाई दिइएन ।

अर्थमन्त्रालयले आचार्यलाई महानिर्देशक बनाएर पठाउने निर्णय गरेको हो ।

# अर्थमन्त्रीको सचिवालयले दिएको सूचनाको आधारमा आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली भनेर यसअघि प्रकाशित समाचार गलत भएको हुँदा सच्याइएको छ । सम्पादक


क्लिकमान्डु