सेयर बजारमा २७.११ अंकको करेक्सन, नेप्से परिसूचक २५३४.३६ अंकमा



काठमाडौं । लगातार बढेर हालसम्मकै सबैभन्दा माथिल्लो विन्दुमा पुगेको नेप्से परिसूचकमा मंगलबार करेक्सन देखिएको छ । मंगलबार अधिकांश उपसूचक नकारात्मक देखिएका छन् ।

यो दिनको कारोबारमा विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकहरु घटेका छन् ।

कारोबार रकम पनि यो दिनमा घटेको छ । आज ८ अर्ब १४ करोड २६ लाख ९१ हजार १९३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, कालिका पावर कम्पनी र नेपाल ल्युव आयल लिमिटेड छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, निर्धान उत्थान लघुवित्त, माउन्टेन इनर्जी, गुँरास लघुवित्त र नेरुडा लघुवित्त कम्पनी छन् ।


क्लिकमान्डु