बुक बिल्डिङमा आवेदन दिन थप १८ वटा संस्थागत लगानीकर्तालाई अनुमति



काठमाडौं । धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा आवेदन दिन सक्ने थप १८ वटा संस्थालाई संस्थागत लगानीकर्ताका लागि स्वीकृति प्रदान गरेको छ ।

यसअघि ४६ वटा मात्रै संस्थागत लगानीकर्ता रहेकोमा अब यो संख्या ६४ पुगेको छ । बोर्डले माघ २० गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै १८ वटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिइएको उल्लेख गरेको छ ।

नयाँ थपिएका योग्य संस्थागत लगानीकर्तामा भेञ्चर क्यापिटल, एभरेष्ट इन्स्योरेन्स, सायन होल्डिङस कम्पनी, नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट फन्ड–२, नबिल इक्विटी फण्ड, एनएमबि क्यापिटल र एनएमबि हाइब्रिड फण्ड एल–१ छन् ।

त्यसैगरी एनएमबि फिफ्टी (५०) एनआइसी एसिया ग्रोथ फण्ड, एनआइसी एसिया ब्यालेन्स्ड फण्ड, एनएमबि बैंक, नेपाल बंगलादेश क्यापिटल, सम्पन्न क्यापिटल एण्ड एड्भाइजरी नेपाल, नागरिक स्टकल डिलर कम्पनी लिमिटेड र सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि छन् ।

यी कम्पनी बुक बिल्डिङ प्रक्रियामा सहभागी बन्न सक्नेछन् । बोर्डले यसअघि नै बुक बिल्डिङका लागि कार्यविधि जारी गरिसकेको छ ।


क्लिकमान्डु