प्रि-ओपन सेसनमा सेयर बजार १२.६९ अंकले बढ्यो
काठमाडौं । बिहीबार प्रि-ओपन सेसनमा बजार १२.६९ अंकले बढेको छ । सेयर बजार २४७९.६० अंकमा पुगेको छ । बुधबार ६.८१ अंकले घटेको सेयर बजारमा बिहीबार प्रि–ओपनमा राम्रो शुरुवात देखिएको हो ।
प्रि–ओपन सेसनमा १० हजार ७३७ कित्ता सेय ११ करोड ३७ लाख २४ हजार ४८३ रुपैयाँमा किनबेच भएको छ ।