राजस्व चुहावट गर्ने १९ फर्मलाई २४ लाख २५ हजार जरिवाना



काठमाडौं । राजस्व चुहावट गर्ने १९ वटा कम्पनीलाइए २४ लाख २५ हजार जरिवाना गरिएको छ । राजस्व अनुसन्धान विभागले माघ ७ गते काठमाडौं ढुंगेअड्डा र ८ गते न्यूरोडमा भेहिकल कन्सिग्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) सम्बन्धि अनुगमन गर्दा उक्त प्रणालीमा विवरण प्रविष्टि गगरी राजस्व चुहावट गरेकाले जरिवाना तिराएको हो ।

विभागले व्यवसाय गर्ने सम्पूर्ण फर्म, संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा अनिवार्य प्रविष्ट गरी क्यूआर कोड भएको भीसीटीएस मेनिफेस्टो र सक्कल कागजात साथमा राखी मालसामान ओसारपसार गर्न अनुसोध समेत गरेको छ ।


क्लिकमान्डु