नेपाल बैंकले हकप्रद सेयरको बिक्री खुलायो



काठमाडौं । नेपाल बैंकले बैशाख ७ गतदेखि २३.७४ प्रतिशत हकप्रद बिक्री शुरु गरेको छ । आवेदन आगामी जेठ १० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

बैंकले हालको चुक्ता पूँजीको २३.७४ प्रतिशतको हिसाबले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले चैत २९ गते बुकक्लोज मिति घोषणा गरेको थियो । यसको मतलब चैत २८ गते वा सो भन्दा अघि सेयर खरिद गरेका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

सिभिल क्यापिटलले हकप्रदको ब्यवस्थापन गर्ने भएको छ ।

इच्छुक लगानीकर्ताले सिभिल क्यापिटल र नेपाल बैंकका सबै शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८९ करोड रुपैंयाँ खुद नाफा कमाएको छ ।


पुष्प दुलाल