कामना सेवा विकास बैंकको छलाङ, ६ महिनामा सेयरधनीलाई बाड्न मिल्ने नाफा २७ करोड
काठमाडौं । कामना विकास बैंकले नाफामा छलाङ मारेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ६ महिनामा १४ करोड ८५ लाख रुपैयाँ थियो ।
बैंकले अघिल्लो वर्षको तुलनामा २.६२ गुणाले नाफा बढाउन सफल भएको हो ।
६ महिनाको नाफाको आधारमा नै सेयरधनीलाई बाड्न मिल्ने नाफा २७ करोड १९ लाख रुपैयाँ गरेको छ ।
२ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको कामना सेवा विकास बैंकले पुस मसान्तसम्ममा ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा ३१ अर्ब २० करोड रुपैयाँ दिएको छ ।
अघिल्लो वर्षको पुस मसान्तमा बैंकको निक्षेप ३१ अर्ब ९० करोड थियो भने कर्जा २५ अर्ब ९४ करोड थियो ।
बैंकको पूँजीकोष अनुपात ११.४३ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । कर्जा निक्षेप अनुपात ७७.१९ प्रतिशत छ भने बेसरेट ९.०६ प्रतिशत रहेको छ । ४.९९ प्रतिशत स्प्रेड बैंकले कायम राखेको छ ।
प्रति सेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा रहेको छ ।