माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच टीएसीफपी कार्यक्रम सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी)बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभन विक तथा माछापुच्छ्रे बैंक लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ । उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसंग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक लि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको छ ।

पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराइसम्म आफ्ना १६० वटा शाखाहरु, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएसमार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु