सिटिजन्स बैंकले आफ्नो खर्चमा कोभिड भएका कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो



काठमाडौं । सिटिजन्स बैंकले कोभिड संक्रमण भएका कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २ कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

सिटिजन्स बैंकको हुम्ला जिल्लामा रहेको सिमकोट शाखामा कार्यरत २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो । एकजना पुरुष र एकजना महिला कर्मचारीलाई संक्रमण भएको हो ।

बैंकले कोभिडबाट बढी प्रभावित भएका पुरुष कर्मचारीलाई सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याएको छ । बैंकको खर्चमा हुम्लाबाट संक्रमण भएका कर्मचारीलाई काठमाडौं ल्याएको बैंकका प्रवक्ता उमंग शर्माले जानकारी दिइन् ।

संकम्रण भएका कर्मचारीको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । जसको खर्च समेत बैंकले बेहोर्ने छ ।


क्लिकमान्डु