बजाज डोमिनार २५० नेपाली बजारमा, मूल्य कति ?



काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० ल्याएको छ ।

क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जानकारी दिएको छ ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआइ इञ्जिनको पावर छ । जसले २७पीएस र २३.५ एनएमको पिक टक्र्यू जेनेरेट गर्छ ।

यसका साथै यसमा एकल-सिलेन्डर, लिक्यूड-कुल्ड, ट्यूनस्पार्क, ४-स्ट्रोक, ४-भ्याल्भ र डीओएचसी छ । डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०-१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।
यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एइडी हेडल्याम्प र अटोम्याटिक हेडल्याम्प अन प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ ।

स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट प्रभावकारी छ । चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम-टाइप पेरिमिटर फ्रेममा बनाइएको छ । यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ ।

बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी-स्टेप एड्जस्टेबल मोनो-शक छ ।

यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ । यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल-च्यानल एबीएस मा पनि उपलब्ध छ ।

कम्पनीका अनुसार यो बाइकको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्नेछ ।


क्लिकमान्डु