बैंक अफ काठमाण्डूका ग्राहकले यल्लो प्यगोडा होटलमा छुट पाउने
काठमाडौं । । बैंक अफ काठमाण्डू र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत र ३५ सयमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा ३५ सयमा पाउने छन् ।
यल्लो प्यगोडा होटलले काठमाडौं पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केशीले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।