एनआईसी एशियाले आफ्नो स्वामित्वमा रहेको सुर्या लाइफ र एशियन लाइफको सेयर बेच्ने



काठमाडौं । काठमाडौं । एनआईसी एसिया बैंकले आफने स्वामित्वमा रहेका सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले सूर्या लाइफमा रहेको १ लाख ९२ हजार ९९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्समा रहेको १ लाख ३९ हजार ४७० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार पुस १६ गते भित्र सूर्या लाइफ इनस्योरेन्सको प्रति कित्ता ३७५ रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको लागि प्रति कित्ता ४६४ रुपैयाँमा नघट्ने गरी प्रति कित्ता के कति दरभाउमा लिन हो गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

बैंकका अनुुसार उक्त सेयर किन्नको लागि बोलपत्रको आवेदन तथा फारम एनआईसी एशिया क्यापिटल बबरमहल, एनआईसी एशिया बैंकको कर्पोरेट अफिस टे«ड टावर, शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल धनगढी र सुर्खेतमा पनि पाइने छ ।

बोल कबोलगर्दा दुवै इन्स्योरेन्सको न्यूनतम १०० वा सो भन्दा माथी १०० ले भाग जाने अधिकतम सबै सेयरको लागि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु