ओयोले ८ सयसम्म कर्मचारी कटौती गर्दै, होटलसँग रेभन्यू सेयरिङमा काम गर्ने
कोरोना महामारीमा होटल क्षेत्रले सबैभन्दा ठूलो समस्याको सामना गर्नु परेको छ । यसैलाई मध्यनजर गर्दै ओयोले फेरि ६ सयदेखि ८ सयसम्म कर्मचारीलाई विदा गर्ने तयारी गरेको छ ।
जसमा धेरैजसो कर्मचारीहरु स्टाफ रिनोभेसन तथा सञ्चालन विभागसँग जोडिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले यी विभागहरु बन्द गर्ने र मुख्यगरी पार्टनर होटलहरुसँग रेभन्यू सेयरिङ मोडलमा ध्यान दिने तयारी गरेको छ ।
ओयो अब होटल पार्टनरहरुसँग उनीहरुको सम्पत्तिबाट प्राप्त हुने सबै रेभन्यूमा हिस्सा माग गर्नेछ । यसबाट कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक दिने तथा होटलको खर्च मिलाउन सहयोगी हुनेछ । यसका साथै अब नियमित मुआब्जा, जसमा नोटिस पे तथा लिभ इन क्यास सामेल छ ।
कम्पनीले यसअघि मार्च महिनामा ५ हजार कर्मचारीलाई विदा गरेको थियो । कोरोना महामारीबाट प्रभावित भएको व्यवसायमा कर्मचारीहरुलाई कम्पनीले फेब्रुअरी २८ सम्मका लागि विदामा पठाइसकेको छ ।