एफएनसीसीआई निर्वाचनः वस्तुगतमा १४ सदस्यका लागि २८ उम्मेद्वार, को को भिड्दैछन् ?

595
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा रोचक प्रतिस्पर्धा वस्तुगततर्फ देखिने भएको छ ।

महासंघको निर्वाचनमा वस्तुगततर्फ चन्द्र ढकालको समुहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठ उपाध्यक्षको उम्मेद्वार छन् ।

उमेशललाल श्रेष्ठ अहिलेको कार्यकारिणी समितिमा वस्तुगतबाट उपाध्यक्ष हुन् भने अन्जन श्रेष्ठ कार्यकारिणी सदस्य हुन् ।

उमेशलाल औषधी उत्पादक संघ र अन्जन नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालको प्रस्तावमा उम्मेद्वार बन्नेका हुन् ।

दुवै प्यानलले कार्यकारिणी सदस्यमा १४/१४ जना उम्मेद्वार खडा गरेका छन् । वस्तुगततर्फ कार्यकारिणी सदस्यमा जम्मा १४ जना चुनिन्छन् । २८ जना उम्मेद्वार रहेको वस्तुगतमा बढी भोट ल्याउने १४ जना कार्यकारिणी सदस्य बन्ने छन् ।

यस्तो छ अन्जन श्रेष्ठको प्यानल

अन्जन श्रेष्ठको प्यानलमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दिपकप्रसाद दाहाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, बिष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दिपकुमार अग्रवाल र सुनिलगोपाल श्रेष्ठ रहेका छन् ।

यस्तो छ उमेशलाल श्रेष्ठको प्यानल

पुनः उपाध्यक्षमा उम्मेद्वारी दिएका उमेशलालको प्यानलमा कमला श्रेष्ठ, हेमराज ढकाल, जयप्रसाद शिवाकोटी, रविनकुमार श्रेष्ठ, प्रकाशसिंह कार्की, आकाश अधिकारी, सुमित केडिया, सुवोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, सुभाष भण्डारी, हरिबहादुर कार्की, रामकृष्ण श्रेष्ठ र सुर्यबहादुर मगर उम्मेद्वार छन् ।

राजधानीमा आजदेखि महासंघको ५४औं साधारणसभा शुरु भएको छ । १३ गते निर्वाचनसहतिको साधारणसभा सम्पन्न हुनेछ ।