मंसिर १७ देखि चन्द्रागिरी हिल्सले आईपीओ जारी गर्ने, कसले पाउँछ आवेदन दिन ?
काठमाडौं । चन्द्रागिरी हिल्सले २०७७ मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्काशन गरिने भएको हो ।
स्थानीयले ३ लाख ६ हजार ८१९ कित्तामा प्रति सेयर १०० रुपैयाँका दरले आवेदन दिन पाउने छन् ।आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० का नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।
दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर १८ करोड ४० लाख रुपैयाँको आईपिओ निष्काशन गर्ने भएको छ ।
विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम ३०६० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८५ सेयर संस्थापकहरुको रहनेछ ।
आईपीओमा पुष १ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।