सेयर बजारमा दोहोरो अंकको बढोत्तरी हुँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा दोहोरो अंकले बढोत्तरी हुँदा १२४ कम्पनीको सेयर मूल्य बडेको छ ।
१९६ कम्पनीको कारोबारमा ३५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो दिन धेरै कमाउने प्रमुख कम्पनीमा बीमा कम्पनी, उत्पादन तथा प्रशोधन कम्पनी कम्पनी, केही जलविद्युत कम्पनी पनि रहेका छन् ।

यो दिन ८ वटा कम्पनीको कारोबारमा साकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (तराई), हिमालयन डिस्ट्रिलरी, बिशाल बजार कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, मल्टिप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, नाग्दी ग्रुप पावर र नेको इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको हो ।

कारोबारमा सोल्टि होटल, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, यूनिलिभर नेपाल, अपी पावर कम्पनी, एभरेष्ट बैंकको संस्थापन समूह,गणपती माइक्रोफाइनान्स, हिमालयन बैंक, नेपाल फाइनान्स र सानिमा इक्वीटी फण्डका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु