लेकसाइडमा छैन रमाइलो
पोखरा । पर्यटकको भिडले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखराको लेकसाइड यतिबेला सेलाएको छ ।तिहारका बेला झिलिमिलीबत्तीको उज्यालो र भैलोकी गीतले हरेक वर्ष गुञ्जने लेकसाइडको स्वर यसपटक सुनिएको छैन ।
अधिकांश पसलहरु बन्द छन् भने खुलेका पसलमा पनि ग्राहक छैनन् । तालबाराही र बिन्दबासिनीलगायतका मन्दिर बन्द छन् । जसलोगर्दा भक्तजनहरु पनि आएका छैनन् ।
‘कोरोनाका कारण विदेशी पर्यटन आउन सकेका छैनन् । पहिले नै आएका धैरै पर्यटक स्वदेश फर्किसकेका छन् । एकाध भएका पर्यटकपनि समस्यामा छन्,’ लेकसाइडका एक व्यवसायीले भने ।
यतिबेला पोखराको मौसम सफा र सुन्दर छ । यही मौकामा माछापुछ्रे नियाल्दै फेवामा डुंगा चलाउनेहरु पहुले जस्तो छैनन् । एकाधमानिसहरुले आक्कलझुक्कल डुंगाको रमाइलो भने लिएरहेका छन् ।
यहाँका पर्यटन व्यवसायीहरुका अनुसार दशैंपछि आन्तरिक पर्यटकको चहलपहल शुरु भए पनि तिहार लाग्दै गर्दा त्यो पनि हराएको छ ।
यसैबीचमा पनि प्याराग्लाइडिङ गर्नेहरुको संख्या भने रहर लाग्दो छ । ६० भन्दा बढी कम्पनीहरु कोरोनाका कारण बन्द व्यवसाय ठप्पभए हुँदा ठूलो आयस्रोत गुमेको थियो । तर पछिल्लो समयमा व्यसायीहरुले ५० प्रतिशत छुट दिएकाले प्याग्लाइडिङ गर्नेहरुको संख्याबढेको हो । जसले गर्दा प्याग्लाइडरहरुको ताँती सराङकोट माथिखो डाँडामा रमाइलो देखिएको छ ।
दशैं लगत्तै रौनक बढेको पोखरा नजिकैको रुपाकोटमा अवस्थित रुपाकोट रिसोर्टमा पनि यतिबेला पर्यटक एकाध मात्रै छन् ।
रिसोर्टका सञ्चालक पुष्प अधिकारीका अनुसार कोरोना कारण वडा सिल गरेपछि पर्यटकको आगमन कम भएको हो ।