नेपाल बंगलादेश बैंकको नाफा ३२.५० %ले बढ्यो,निक्षेप ६८ अर्ब ५५ करोड पुग्यो



काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ३२.५ प्रतिशतले बढाएको छ ।

बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार एनबी बैंकले असोज मसान्तसम्ममा ५७ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको असोज मसान्तमा एनबी बैंकको नाफा ५७ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

बैंकले ३ महिनाको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ५ करोड ८९ लाख रुपैयाँ गरेको छ ।

बैंकले ३ महिनामा ब्याज आम्दानीबाट ६९ करोड २२ लाख रुपैयाँ कमाएको छ । ८ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको एनबी बैंकको रिजर्बमा ४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा एनबी बैंकको निक्षेप ६८ अर्ब ५५ करोड छ । यस्तै कर्जा ५९ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १३.८० प्रतिशत छ भने २.३९ प्रतिशत खराब कर्जा अनुपात रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.८९ प्रतिशत रहेको छ । बेसरेट ८.१३ प्रतिशत छ । स्प्रेडदर ४.१७ प्रतिशत छ ।


क्लिकमान्डु