नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ६२ करोड, ३ महिना निक्षेप १८ अर्बले बढ्यो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ६२ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड रुपैयाँ गरेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ८४ करोड रुपैयाँ नाफा गरेको थियो ।
पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २० करोड रुपैयाँ गरेको छ ।
असोज मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । तीन महिनामा बैंकले निक्षेप १८ अर्ब रुपैयाँले बढाउन सफल भएको छ । असार मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकले असोज मसान्तसम्ममा १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा दिएको छ । असार मसान्तमा यस्तो कर्जा १ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।
३ महिनाको अवधीमा बैंकले ब्याज आम्दानीबाट १ खर्ब ६३ अर्ब रुपैयाँ ब्याज आम्दानीबाट कमाएको छ ।
१४ अर्ब २४ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्बमा १२ अर्ब रुपैयाँ छ ।
बैंकको पूँजीकोष अनुपात १२.६३ प्रतिशत रहेको छ । खराब कर्जा अनुपात(एनपीएल)२.८० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७३.६८ प्रतिशत छ । बेसरेट ७.३४ प्रतिशत छ ।