विद्युत बिक्रीबाट आम्दानी बढ्दा अपि पावर कम्पनीको नाफा १९६ % ले बढ्यो
काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ६४ लाख १ हजार ३१२ रुपैयाँ नाफा आर्जन गरेको छ । यो गतआवको अवधिको तुलनामा १९५.९६ प्रतिशतले बढी हो ।
गतआवको सोही अवधिमा कम्पनीले ३ करोड ५९ लाख ५१ हजार २५४ रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै त्यसको प्रभाव नाफामा देखिएको छ । गएको तीन महिनामा विद्युत बिक्रीबाट १४ करोड १२ लाख ५७ हजार ८२६ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा ६ करोड ३८ लाख ५७ हजार ८१६ रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । यस्तै अन्य स्रोतबाट ६ करोड १७ लाख ७० हजार ३५३ रुपैयाँ रहेको छ ।
१ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ९२ लाख ९१ हजार ८४४ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७४ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेको छ ।