कामना सेवा विकास बैंकको नाफा ९७२ % ले बढ्यो



काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख १६ हजार १२२ रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा १ करोड ८६ लाख ५१ हजार १५ रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यो अवधिका बैंकको नाफा ९७२.९५ प्रतिशतले बढेको छ । यस्तै बैंकको वितरणयोग्य नाफा ७ करोड ४३ लाख २९ हजार ६ सय रुपैयाँ रहेको छ ।

यो अवधिका बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ ।गत आवको पहिलो त्रैमासमा २५ करोड १५ लाख ८७ हजार ७८७ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा बढेर ३८ करोड १५ लाख ७० हजार ४८४ रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ करोड ६२ लाख ५१ हजार ९७६ रुपैयाँबाट बढेर ८ करोड ४९ लाख १७ हजार ७५२ रुपैयाँ रहेको छ ।

२ अर्ब ५४ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकले यो तीन महिनामा ३६ अर्ब ७२ करोड २० लाख ८२ हजार ४९४ रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ९२ करोड ५८ लाख ३० हजार ४२४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.६१ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा रहेको छ ।


क्लिकमान्डु