चीनकाे नाका पूर्ण रूपमा सूचारु गर्न वाणिज्य संघको अनुरोध
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट नेपाल आउने नाका पूर्ण रुपमा सुचारु गर्न अनुरोध गरेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त माहावाणिज्यदुत नवराज ढकाललसँग यस्तो अनुरोध गरेका हुन् । उनले चीनबाट सामान लिएर आउने यातायातका साधन सहजै सुचारु गर्नकाे लागि पहल गर्न अनुराेध गरेका हुन् ।
दुई देशबीच व्यापार सहजीकरणका लागि सडक बिस्तार गरिनु पर्ने, चीन सरकारद्वारा नेपाली उत्पादनमा प्रदान गरिएको शुन्य भन्सार सदुपयोगका लागि प्रक्रिया सरलिकरणका लागि समेत अनुरोध गरेका छन् ।
साथै नेपालले चीन निर्यात गर्दा नेपाली क्वारेन्टाइन प्रमाण पत्र स्विकार नगरीने, दुई देशको भन्सार कोर्डमा ८ अंक र ६ अंक प्रयोग हुँदा समस्या हुने गरेको उल्लेख गरे । उनले नेपालको निर्यात प्रवद्र्धनका लागि जोड दिन आग्रह गरे ।
संघका अध्यक्ष तुलाधरले तिब्बतका व्यापारीक संगठनहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन प्रवद्र्धन, व्यापारिक मेला, एक्सपो गरिरहेको जानकारी गराए ।
छलफलका क्रममा नवनियुक्त महावाणिज्यदुत नवराज ढकालले आफुले दुईबीचको व्यापार प्रवद्र्धन तथा समस्याहरु समाधानका लागि प्रयास गर्ने बताए ।
दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन आदि प्रवद्र्धन तथा विभिन्न आर्थिक क्रियाकलापहरु मार्फत दुई देश बीचको विविध सम्बन्ध सुद्दृढ गर्ने प्रष्ट पारे ।