इन्फिनिटी लघुवित्तको नाफा ३५.३८ % ले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा ३५.३८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६१ लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको संस्थाले चालु आवको सोही अवधिमा २ करोड १८ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा संस्थाको नाफा बढेपनि  खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भने गिरावट आएको छ ।

गत आवको पहिलो त्रैमासमा ३ करोड ९२ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको चालु आवको सोही अवधिमा आईपुग्दा ३ करोड ३० लाख ४४ हजार रुपैयाँ रहेको छ ।
संस्थाको सञ्चालन मुनाफा २ करोड ५५ लाख ६४ हजार रुपैयाँबाट घटेर २ करोड ३ लाख २० हजार रुपैयाँ रहेको छ ।

२२ करोड ८१ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १२ करोड २४ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

७२ करोड ४५ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ७२ करोड ४३ लाख २० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा संस्थाको खराब कर्जा १.१३ प्रतिशतबाट बढेर १.३७ प्रतिशतमा पुगेको छ ।

प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ६८ पैसा रहेको छ । यो अवधिमा संस्थाले १ करोड ४२ लाख ८९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । यसले गर्दा संस्थालाई नाफा आर्जनमा सहयोग पुगेको छ ।


क्लिकमान्डु