१३.६८ % लाभांश दिन लागेको फस्र्ट माइक्रोफाइनान्सको कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सले लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।
संस्थाले आगामी साधारण सभाको लागि मंसिर ५ गते सेयरधनी दर्ता किताब/ सेयर दाखिल खारेज दताए बन्द हुने जनाएको छ ।
संस्थाले मंसिर १८ गते ११ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । उक्त सभामा संस्थाले लगानीकर्तालाई १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले लगानीकर्तालाई ९.५० प्रतिशत बोनस र करसहित ४.१८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाको साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले पाउने छन् । संस्थाले दिने लाभांश मंसिर ४ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै पाउने छन् ।