सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचकमा गिरावट आएपछि कारोबार रकममा भने केही सुधार देखिएको छ ।

यो दिन संस्था कम्पनीमा लगानीकर्ताको ध्यान गएको देखिएको छ । बजार मापन गर्ने सूचक ४.४७ अंकले घटेर परिसूचक १६३६.१७ बिन्दुमा रोकिएको छ । २०० कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता सेयर २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १७७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.९, निर्जीबन बीमा १६.८१, माइक्रोफाइनान्स समूहको उपसूचक १३.३४ अंकले घटेको छ । यस्तै विकास बैंक, जलविद्युत, जीवन बीमा समूहको उपसूचकमा सामान्य सुधार भएको छ ।

कारोबार रकमको आधारमा प्राइम बैंक अग्रस्थानमा रहेको छ । बैंकको २० करोड ८४ लाख ६० हजार ८५९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै दोस्रो र तेस्रो स्थानमा अरुण काबेली पावर कम्पनी र एभरेष्ट बैंक रहेको छ । सानिमा जनरल इन्स्योरेन्स, रैराङ हाईड्रोपावर, गुरासँ फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन भने बिशाल बजार कम्पनी, शिभ श्री हाईड्रो, एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु