प्राइम र कामना सेवा विकास बैंकले ऋणपत्र जारी गर्ने, कसको ब्याजदर कति ?



काठमाडौं । प्राइम कमर्सियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

प्राइम बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन दिएको छ । ३५ लाख कित्तामध्ये १४ लाख कित्ता सर्वसाधारणलाई र २१ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।

प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ । यस्तै कामना सेवा विकास बैंकले पनि ऋणपत्र जारी गर्नको लागि बोर्डमा निवेदन दिएको छ ।

बैंकले १० वर्ष अवधिको लागि १ अर्ब रुपैयाँको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डमा निवेदन दिएको हो । १० लाख कित्तामा सर्वसाधारणले ४ लाख र बैंक आफैले विभिन्न संघ संस्थालाई ६ लाख कित्ता सेयर बिक्री गर्नेछ । बैंकको बार्षिक ९.५ ब्याज दिने जनाएको छ । यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

बोर्डले अनुमति दिएपछि दुवै बैंकको ऋणपत्र जारी गर्ने छन् ।


क्लिकमान्डु