आरएमडीसी लघुवित्तको नाफा १८ % ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ ।

पहिलो त्रैमासमा संस्थाको नाफा १७.५८ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ७ करोड ३५ लाख ७ हजार रुपैयाँ रहेको संस्थाको नाफा चालु आवको सोही अवधिमा ६ करोड ५ लाख ८३ हजार रुपैयाँ मात्रै रहेको छ ।

संस्थाको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानीमा देखिएको गिरावटको कारण नाफामा असर परेको देखिएको छ । संस्थाको गत आवको पहिलो त्रैमासमा ११ करोड ८५ लाख ७६ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १० करोड १८ लाख ३१ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ११ करोड ५६ लाख ३६ हजार रुपैयाँबाट घटेर ९ करोड ६१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब ३ करोड ४२ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्था जगेडा कोषमा १ अर्ब ५८ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ । खराब कर्जा ०.००५९ प्रतिशत रहेको संस्थाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ४३ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ छ ।


क्लिकमान्डु