सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ४.७२ अंकले घटेर परिसूचक १६४०.९५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४१ अंकले घटेर ३२६.६३ बिन्दुमा रोकिएको छ ।
१९६ कम्पनीको १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक १४.५५, विकास बैंक ६.९८, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १५.२१ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा शिव श्री हाईड्रोपावर कम्पनी रहेको छ । हाईड्रोको २३ करोड २७ लाख ७२ हजार ९२५ रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबारको कारोबारमा नेपाल फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, बिशाल बजार कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।