सिटिजन्स बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । २०७७ साल कार्तिक ३ गते सोमबार बसेको ३४५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस शेयर र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु