युवा वर्गलाई स्वरोजगार हुन ५ लाख रुपैयाँ ब्याज अनुदानमा कर्जा दिने, यस्तो छ कार्यविधि



काठमाडौं । युवा वर्गले स्वरोजगार हुनका लागि सरकारबाट सहुलियतमा ५ करोड रुपैयाँ कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को तेस्रो संसोधन गरी उक्त व्यवस्था थप गरेको हो ।

केन्द्रीय बैंकले असोज ८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि संसोधन तथा थप व्यवस्था गरको जनाएको छ ।

युवा वर्ग स्वरोजगार कर्जा शिर्षकमा माध्यमिक शिक्षा वा सो सरह उर्तिण गरेका युवाहरुले यसअघि सरकारले प्रदान गरेको कुनै पनि सहुलियतपूर्ण कर्जा उपयोग नगरेका प्राप्त गर्न सक्नेछन् । तोकिएको मापदण्डपुरा भएका युवाले उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्बन्धी संक्षिप्त प्रस्तावका आधारमा कर्जा पाउने राष्ट्र बैंकले जनाएको छ ।

संशोधित कार्यविध अनुसार यस अघिसम्म सहुलियपूर्ण कर्जासम्बन्धी परियोजना वा व्यवसायको बीमा गराउँदा सरकारले ७५ प्रतिशत प्रिमियम शुल्क अनुदानमा गराउँने व्यवस्था थियो । तर अब भने यस्तो प्रकारका कर्जाको बीमा गराउँदा राष्ट्र बैंकमा रहेको अनुदान सोधभर्ना खाताबाट बीमा समितिको सिफारिसमा सम्बन्धीत निकायबाट गर्नु पर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु