भारतको बैंक अफ बडौताले ५ वर्षसम्म ५० % कर्मचारीलाई घरबाट काममा लगाउने



बैंक अफ बडौताले कर्मचारीको हितमा ठूलो फैसला लिएको छ ।

कोभिडको कारण कुल कर्मचारीमा ५० प्रतिशतलाई घरबाट नै काम गर्न सक्ने सुविधा ५ वर्षसम्मको लागि लागि दिने घोषणा बैंकले गरेको छ ।

बैंकले अफिसमा आउनुपर्ने र घरबाट काम गर्न सक्ने कर्मचारीलाई ५०/५० प्रतिशतमा विभाजन गरेर ५ वर्षसम्मको लागि वर्क फर्म होम लागु गरेको हो ।

बैंक अफ बडौदाका मुख्य कार्यकारी संजीव चड्ढा ने मंगलवार भारतीय बैंक संघ (आईबीए) को एचआर सम्मेलनमा ५ वर्षसम्म ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्ने जानकारी दिए । अहिले बैंकका ८० प्रतिशत कर्मचारीले अफिसबाट काम गरेका छन् भने २० प्रतिशतले घरबाट काम गरेका छन् ।

कोरोनाको कारण अहिले विश्वमा नै वर्क फर्म होमको कल्चर विकास भएको छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा आउनु नपर्ने कर्मचारीहरुले अहिले घरबाटै काम गरेका छन् ।
यसले कोरोनाको सकंट समाधान भएपछि पनि वर्क फर्म होमको कल्चर बढाउने अनुमान धेरैको छ ।


क्लिकमान्डु