टिएमएस पटक-पटक बिग्रदा पनि सेयर बजारमा दोहोरो अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को टिएमएसमा पटक पटक समस्या देखिँदा पनि बजारमा भने दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १२.४९ अंकले बढेर १५२०.६९ बिन्दुमा रोकिएको छ ।
१८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर २ अर्ब १७ करोड ६ लाख ८ हजार २८३ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा बैंकिङ समूहको ३.८३,विकास बैंक १५.७, निर्जीन बीमा कम्पनीको ३०२.०२, उत्पादन तथा प्रशोधन ३३.२२, माइक्रोफाइनान्स ३३.७३ र जीवन बीमा समूहको उपसूचक २०४.५३ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १७ करोड २१ लाख ७२ हजार ११६ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी, रिलायन्स लाईफ इन्स्योरेन्सका लगानीकर्ताले कमाउँदा नबिल इक्वीटी फण्ड,आशा लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले गुमाएका छन् ।