सेयर लगानीकतालाई किन भयो तनाब ? यस्तो छ आइतबार ३ घन्टा कारोबार रोकिनुको कारण



काठमाडौं । आइतबार पनि सधै जस्तै ११ बजे सेयर कारोबार खुला भयो । कारोबार सुरु भएपनि अनलाइन नचलेका कारण टिएमएस नलिएका लगानीकर्ताले बजारको कुनै पनि जानकारी पाउन सकेका थिएनन् ।

झण्डै सवा ११ सम्म टिएमएसबाट कारोबार गर्नेले कारोबार गरिरहेका थिए । त्यसपछि टिएमएसमा समस्या देखिन थाल्यो ।

हालेको अर्डर पनि नजाने हुन थाल्यो । यो एकै पटक सबै ब्रोकरमा नभएपनि एकान दुई कान हुँदै मैदान हुन थाल्यो ।

क्रमैसँग सबै ब्रोकरमा यो समस्या हुने भएपछि नेप्सेले १२ बजेबाट कारोबार बन्द गर्यो । त्यो क्रम ३ बजेसम्म जारी रह्यो । ३ बजे नेप्सेले सूचना जारी गर्दै सवा ३ देखि सवा ५ बजेसम्म कारोबार समय थपेको गर्यो ।

टिएमएसमा देखिएको समस्या समाधान नभएसम्म कुनै पनि आधिकारिक व्यक्तिले के भएको हो भनेर कसैलाई पनि जानकारी गराएनन् ।

नेप्सेका आइटी प्रमुख फोन अफ गरेर बसेका थिए । नेप्सेका सिइओ साउदलाई फोन काटेर ‘क्षमा पाम म अहिले कुरा गर्न सक्दिन’ भनेर उत्तर दिन नै फुर्सद थिएन ।

टिएमएसको समस्या समाधान भयो भनेपछि हामीले वाईको कम्पनीका एक व्यक्तिलाई सम्पर्क गर्यौ ।

उनले आफ्नो नाम नबताउने शर्तमा आइतबार ३ घन्टा लगानीकताले भोगेको तनाब, नेप्से तथा वाइकोका आईटी टिमलाई भएको असिन पसिनको बारेमा यसरी जानकारी गराए ।

कारोबार सुरु भएको केही समय पनि नेप्सेको नट्स र ब्रोकरको टिएमएसबीचमा जाने अर्डरको रेकर्ड निकै ढिलो जान थाल्यो ।

नेप्सेमा भएको नट्स र म्याचिङ इन्जिनबाट ब्रोकरमा भएको टिएमएसमा कनेक्सनमा प्राविधिक समस्या देखिएको हो । नट्स र टिएमएसबाट अर्डरको डिटेल पठाउने क्रममा प्राविधिक समस्या आएको हो ।

त्यो भनेको कुनै लगानीकर्ताले सेयर कारोबारको लागि अर्डर हाल्यो त्यो अर्डर पहिलो म्याचिङ इन्जिन (नट्स)मा जानुपर्छ, अनि मात्रै त्यो अर्डर बुकमा पनि देखिनुपर्छ ।

त्यो अर्डर बुकमा देखिनुपर्ने डाटा विस्तारै सुस्त रुपमा चल्न थाल्यो । त्यसले डाटाको क्यू निकै लामो हुनथाल्यो ।

त्यसपछि प्रति अर्डर तीन चार मिनेट ढिला हुँदा हुँदै १० देखि ११ मिनेटसम्म लाग्न थाल्यो ।

सुरुमा त्यस्तो थोरै संख्यामा देखिएको थियो । त्यो बढदै गयो । क्यू लामो भएपछि समय बढन थाल्यो ।

१०० वटाको लागि जति समय लाग्ने हो, त्यो ५ हजार पुग्यो भने धेरै समय लाग्ने भयो । त्यो बेलासम्म बजार बन्द नै गर्नुपर्ने अवस्था थिएन ।

कारोबार बढेसँगै यो संख्या पनि बढ्दै जाने भएपछि केहीले कारोबार गर्ने केहीले नगर्ने भएका कारण कारोबार बन्द गर्नुपरेको हो ।

बन्द गरेर हामीले सबै क्लिन गरेर चाँडो चल्ने बनाउन तर्फ लाग्यौ । डेटा सबै हेर्नु परेका कारण समय लागेको हो ।
अर्डरमा यसरी भयो दोहोरो पना म्याचिङ इन्जिन नट्सले डिपी चेक गर्दैन । यो टिएमएसमा चेक हुने हो ।

लगानीकर्ताले हालेको अर्डर टिएमएसमा जान्छ । त्यो नट्समा गएर पुन टिएमएसमा फर्कन्छ । त्यो फर्केपछि फलानो सेयर अर्डरमा हालेको रहेछ त्यो रोक्नुपर्छ भनेर रोकिन्छ ।म्याचिङ इन्जिनसम्म गयो ।

त्यसपछि अर्डर आउनु अघि १० मिनेट समय लाग्यो । त्यो अवधिमा लगानीकर्ताले मेरो अर्डर आएन भनेर पुन अर्डर हाल्न सक्छन ।

किनभने म्याचिङ इन्जिनबाट टिएमएससम्म नै आएन । त्यो भनेको चेक नभएको होइन कि सूचना नै ढिला आएपछि त्यो अवधिमा अर्डर हालेपछि २, ३ वटा गएको हो ।

यो अरु केही भएको होइन अर्डर बुकमा ५ देखि १० मिनेट समय लागेको हो ।


पुष्प दुलाल