मेरो सेयरमा लोड बढी, लगानीकर्ताले ३ कम्पनीको आईपीओमा आवेदन दिन पाएनन्



काठमाडौं । बिहीबारदेखी दुई वटा र बुधबारदेखि एकसहित तीन कम्पनीको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएपनि मेरो सेयरमा बढी लोड भएका कारण सिस्टमले काम गर्न सकेको छैन ।

एकै पटक तीन वटा कम्पनीलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको र बिक्री प्रबन्धकले पनि आईपीओ जुधाएका कारण लगानीकर्ताले सहजै आवेदन दिन पाएका छैनन् ।

सेयरमा पर्ने आवेदनमध्ये ८० प्रतिशत मेरो सेयरबाट र बाँकी बै.क तथा वित्तीय संस्थाबाट आवेदन पर्ने गरेको थियो । लकडाउनको कारण त्यो २० प्रतिशत पनि मेरो सेयरमा नै थपिएको छ । एकै समयमा ५० हजार बन्दा बढीको लोड आएपछि मेरो सेयरले समयमा नै काम गर्न नसकेको सिडिएससीले जनाएको छ । लोड बढी भएपछि ब्यान्डविथ थपिएको सिडिएसीका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

मेरो सेयर नखुलेका कारण लगानीकर्ताले समयमा नै आईपीओमा आवेदन दिन पाएका छैनन् । यता केसीका अनुसार अहिले एकै समयमा ५० हजार भन्दा बढीको लोड देखिएको र ब्यान्डविथ थप भएपछि यो लगानीकर्ताले सहजै आवेदन दिन सक्ने छन् ।

बुधबार लिबर्टीं इनर्जी कम्पनीको र बिहीबारदेखि समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सूरु भएको हो । बिक्री प्रबन्धकहरुले पनि एकै पटक आईपीओ जारी गरेको धितोपत्र बोर्डले पनि एकै पटक आईपीओ जारी गर्नको लागि अनुमति दिएसँगै मेरो सेयरमा भिड बढेको हो ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको छ । जसका कारण लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिन पाएका छैनन् । त्यसैले पनि अनलाइनबाट आवेदन दिनेको संख्या बढेको छ ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

अाइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ । यसमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन पाउने छन ।

लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन मेरा सेयर मार्फत अवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो ।

यस्तै रिलायन्स लाइफले ६३ करोड रुपैयाँको आइपीओ बिक्रीखुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । ६३ लाख कित्ता आइपीओकम ३ लाख १५ हजार सामूहिक लगानी कोष र ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छ् । आइपीओमा छिटोमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा माग अनुसार आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटलले रहेको छ ।

यता लिबर्टी इनर्जी कम्पनीको आईपीओ सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयरको बिक्री खुला गरेको छ ।
आईपीओ भर्नका लागि भदौ ३ गतेदेखि चाँडोमा ७ गते र ढिलोमा भदौ १७ गतेसम्म समयावधि छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल छ ।


क्लिकमान्डु