सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ सेवाहरु संचालन गर्दै आइरहेको छ । सोही क्रममा बैंकले यही साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।

अब डिजिटल काउन्टरमार्फत् सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ई बैंकिङ’बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यूआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट शुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।


पुष्प दुलाल