लकडाउनका कारण विमानस्थलमा ग्राउन्डेड विमान (फोटो फिचर)



काठमाडौं । लकडाउनका कारण यतिबेला आन्तरिक र अन्तर्राष्ट्रिय विमान उडानमा रोक लगाइएको छ । यात्रु उद्दार र कार्गोका लागि हुने चार्टर्ड उडानबाहेक सबै उडान असार २१ गतेसम्मका लागि स्थगित गरिएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु ग्राउन्डेड भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा प्रभावित बनेको उड्डयन क्षेत्र यतिबेला ठूलो घाटामा छ । नेपालमा मात्रै होइन विश्वका अधिकांश विमान कम्पनीहरु कोरोनाका कारणले ठूलो घाटा बेहोरिरहेका छन् ।

सरकारले लकडाउन केही खुकुलो बनाउँदा निजी सवारी साधन चल्न थालेका छन् भने व्यवसाय पनि सञ्चालन हुँदा आर्थिक गतिविधि बढेको छ । तर हवाई क्षेत्र बन्द हुँदा एभिएसन क्षेत्र अझै कति घाटामा जाने हो यकिन छैन ।

फोटो फिचर


क्लिकमान्डु