लघुवित्तमा अहिलेसम्मकै ठूलो आईपीओ, कहिलेबाट दिने आवेदन ?



काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लघुवित्त क्षेत्रको अहिलेसम्मकै ठूलो कित्तामा आईपीओ ल्याउन लागेको छ । संस्थाले ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

संस्थाको कुल निष्काशनमध्ये ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्बसाधारणलाई निष्काशन गरिने छ ।

उक्त आईपीओमालगानीकर्ताले असार १० देखि छिटोमा असार १४ गतेसम्म र त्यो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्र आइर्एपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

उक्त सेयरमा आवेदन दिनको लागि सानिमा क्यापिटल, लघुवित्तको कार्यालय र सि आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सकिने छ ।

यसको बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटलले गर्ने छ । लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।


क्लिकमान्डु