कोरोना बीमाको दावी भुक्तानी शुरु, ४ जना बीमित कोरोना संक्रमित



काठमाडौं । कोरोना बीमा गरेका बीमितहरुको दावी कम्पनीहरुले दिन शुरु गरेको छन् । कोरोना बीमा गरेको बीमित मध्ये हालसम्म ४ जनालाई कोरोना पुष्टी भएको छ । जसमा नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र शिखर इन्स्योरेन्सका ४ जना बीमितहरु हुन् ।

यी मध्ये नेको इन्स्योरेन्सबाट बीमा गराएका कृषि विकास बैंकका कर्मचारीलाई भने कम्पनी आज दावी भुक्तानी गर्ने नेपाल बिमक संघले बताए ।

‘अनौपचारीक रुपमा कोरोना बीमा गर्ने बीमितलाई कोरोना पुष्टी भएको खबर आएपनि हालसम्म बीमा पूलमा भने १ जनाको दावी मात्र परेको छ,’ बिमक संघका प्रवक्ता चंखी क्षेत्रीले क्लिकमाण्डूलाई भने ‘कृषि विकास बैंकको कोरोना पुष्टी भएको कर्मचारीलाई नेको इन्स्योरेन्सले १ लाख रुपैयाँ आज दावी भुक्तानी दिने तयारी गरेको छ ।’ कोरोना बीमा गरेका बीमितले दावी गरेको रिपोर्ट पूलमा आएपछि मात्र त्यसको दावी हुने उनले बताए ।

आईएमई जनरल इन्स्योरेन्सबाट बीमा गरेका एक जना स्वास्थ्यकर्मीलाई र राष्ट्रिय बीमा कम्पनीबाट कोरोना बीमा गराएका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएको भइसकेको छ ।

नेको इन्स्योरेन्सबाट पहिलो पटक गरिने कोरोना बीमाको दावी भुक्तानी औपचारिक कार्यक्रम गरेर नै भुक्तानी गरिने तयारी गरिएको बीमक संघले जानकारी दिएको छ ।


क्लिकमान्डु