भदौमा माथिल्लो तामाकोशीको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छः उर्जामन्त्री पुन
काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विद्युत उत्पादन जडित क्षमता हाल १३८६ मेगावाट पुगेको र आगामी आवमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, निर्माणधिन रसुवागढी रसुवागढी, माथिल्लो सान्जेन, माथिल्लो भोटेकोशी सहित १३ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने बताए ।
चालु आवमा सक्ने भनिए पनि भदौ महिनामा नै माथिल्लो तामाकोशी राष्ट्रिय प्रशारण लाइनमा आउने बताए । अर्को वर्ष ५० वटा चार्जिङ स्टेशन बनाउने र त्यसका लागि विद्युत प्राधिकरणले काम गर्ने बताए ।