कालोबजारीको आरोप लागेका सुलभ अग्रवाललाई साढे २५ लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेको व्यवसायी तथा शंकर ग्रुपका सञ्चालक सुभल अग्रवााललाई धरौटीमा छाड्न जिल्ला अदालत काडमाडौंले आदेश दिएको छ ।

कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल

उनीविरुद्ध भएको थुनछेक बहसमा २छ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको हो ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले बिहीबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अग्रवाल गत चैत २५ गते लकडाउनको समयमा ३ हजार मूल्य पर्ने भनिएको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै पक्राउ परेका थिए ।

प्रहरीले उनीसँग नीलो नम्बर प्लेटको कुटनीतिक गाडीसहित ६६ थान थर्मल गन बरामद गरेको थियो ।


पुष्प दुलाल