कोरोनाका कारण रोकियो आगामी आवको बजेट छलफल
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणका लागि भन्दै चैत ९ गतेदेखि गर्ने भनेको छलफल अनिश्चित समयको लागि लम्बिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण राष्ट्रिय योजना आयोगमा हुने भनिएको छलफल स्थगित भएको हो ।
योजना आयोगका एक अधिकारीका अनुसार सरकारले लागू गरेको लक डाउनको कारण आयोगको यो छलफल पनि अनिश्चितकालका लागि रोकिएको हो ।
अर्को सूचना जारी भएपछि आयोगले बसै मन्त्रालयसँग आगामी आवको बजेटको विषयमा छलफल गर्ने छ ।
आयोगका अनुसार झण्डै ३ साता अघि नै सबै मन्त्रालयलाई स्रोत समितिले आगामी आवको बजेटको सिलिङ पठाइसकेको छ ।उक्त सिलिङका आधारमामन्त्रालयहरुसँग राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको लागि आवश्यक छलफल गर्ने बताइएको छ ।
कोरोनाको असर नेपालमा नपरेको थियो भने चैतको दोस्रो साता सम्ममा मन्त्रालयसँगको छलफल टुंग्याउने तयारीमा आयोग थियो । आयोगका अनुसार आगामीआवको बजेटका लागि कुन मन्त्रालयसँग कहिले छलफल गर्ने भनेर कार्यतालिका समेत तयार भइसकेको थियो छ ।
स्रोतका अनुसार लकडाउन अवधिभर उक्त छलफल नहुने भएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५७अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ रहेको छ ।
यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको छ । आयोगले आगामी आव २०७७/०७८ का लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाखरुपैयाँको सिलिङ तोकेको छ ।
जसमा चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगततर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाखरुपैयाँ रहेको छ ।
आयोगको प्रक्षेपण गरेको बजेटको सिलिङमा आव २०७८/७९ मा २० खर्ब ५२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसमा चालु खर्च तर्फ १० खर्ब ७६ अर्ब ८१करोड २० लाख रुपैयाँ छ ।
यस्तै पुँजीगततर्फ ७ खर्ब १० अर्ब ८३ करोड ५९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ हुने आंकलन गरको छ । उक्त आवमा भनेपुँजीगत खर्च अन्य आवको तुलनामा बढने आयोगको आंकलन गरेको छ ।